शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गठबन्धनको सरकार पूर्ण नबनी भत्किने संभावना, प्रचण्ड, माधव, उपेन्द्र, तनावमा !

गठबन्धनको सरकार पूर्ण नबनी भत्किने संभावना, प्रचण्ड, माधव, उपेन्द्र, तनावमा !

 

राम प्रसाद रिजाल, काठमाण्डौं । सरकार विस्तार नभई मन्त्रालयको भागबन्डा नमिल्दा कांग्रेस माओवादी नेकपा एकिकृत समाजवादी र जसपा पार्टीको गठबन्धन धरापमा परेको छ । गठबन्धनका अन्य दलहरुले देउवालाई सिट संख्या भन्दा बढी र महत्वपूर्ण मन्त्रालयको दाबी नछोडे पछि देउवा हैरान भएर गठबन्धनको सरकार पूर्ण नबनी भत्किने संभावना बढेको हो।

देउवाले एमाले अध्यक्ष ओलीलाई आफ्नो दुत ज्ञानेन्द कार्कीलाई भेटन पठाएर एमाले संग केन्द्रीय सरकारमा देउवाले एमालेलाई ल्याउने सन्देश दिएकोले प्रचण्ड माधव नेपाल उपेन्द्र यादव तनावमा परेका छन ।

प्रधानमन्त्री देउवालाई पनि गठबन्धनका साना दलहरुलाई खुसी पारेर सरकार टिकाउनु भन्दा र गठबन्धन दलका अस्वभाविक मागहरु पुरा गर्नुको सट्टामा संसदको सब भन्दा ठुलो दल एमालेलाई सरकारमा ल्याउदा देउवालाई सरकार टिकाउन र मन्त्रालयको भागबन्दा मिलाउन सजिलो हुने र कांग्रेसले एमाले संग मिल्दा ५/६ वटा मत्रालय पनि बढी पाउने र देउवालाई आफ्ना पक्षका आकांक्षीहरूलाई बढी भन्दा बढी मन्त्री बनाउन सक्दा आगामी महाधिवेशनमा देउवा पुन कांग्रेस सभापतिमा जित्न सुनिश्चित हुने भएकोले देउवा एमालेलाई सरकारमा ल्याउन भित्र भित्रै तयारी गरेकोले गठबन्धनको सरकार बिस्तार हुन ढिलो भएको हो । रिजाल एमालेका प्रभाबशाली युवा नेता हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend