काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकिकृत समाजवादी) को कुनै राजनीति भबिश्य नभएको बताएका छन । उनले पदको लागि केही नेता कार्यकर्ताहरु त्यो पार्टीमा लागे पनि मतदाता भने एमालेकै पक्षमा रहेको बताए । नेता रिजालले जनमत एमालेकै पक्षमा भएकोले आत्तिनु पर्ने बिषय नभएको बताए । उनले आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे । उनले ‘रामकुमारी झाँक्रीहरुले चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने बताए । एमालेको जस्तो संगठन भएको पार्टी नेपाल खनालको समाजवादी हुन नसक्ने रिजालले प्रस्ट पारे । नेता रिजालले चुनाव पछि नेपाल खनालको पार्टी नै नरहने ठोकुवा गरेका छन । उनले माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकिकृत समाजवादी) पार्टीले आगामी चुनावमा एक सिट मात्र भए पनि जितेर देखाउन माधब नेपाललाई चुनौति समेत दिएका छन ।
हिजो आफू माधवकुमार नेपालको पक्षमा अन्तिम सम्म खुलेको बताउदै नेता रिजालले भने, ‘म खुल्नूको अर्थ पार्टीलाई विधिः पद्धतिमा हिडाउन र एमालेलाई अझ बलियो बनाउनु थियो । तर अन्तमा माधव नेपालले पार्टी एकता भन्दा प्रचण्ड र देउवाको उक्साहटमा परी एमाले विभाजन गरेकोले नेता नेपाललाई साथ दिन सकिन ।’ ‘हिजो पनि म नेकपाको सुर्य चिन्हमै समाजवादी पार्टी छोडेर आएको थिए । अहिले पनि एमालेको सूर्य चिन्हमै छु कसरी म दहिचिउरे भए ? कसरी मैले पार्टी परिवर्तन गरे ? म पार्टी विभाजनको पक्षमा छैन भन्नु मैले नपाउने ? उनले भने ।
सामाजिक सञ्जालमा आईरहेका सकारात्मक नकरात्मक दुबै कमेन्टहरु आफ्नो सम्पत्ति भएकोले यसले आफुलाई राजनीतिमा अगाडि बढ्न थप शाहस मिलेको नेता रिजालले बताए । उनले भने, ‘मलाई रामप्रसाद रिजाल ओलीको टाङ्मुनि पस्यो भनेर सामाजिक सञ्जाल मार्फत भनीरहेकाले आफु कसैको टाङ्गमुनी पसेको भन्दा पनि म एमालेमा छु ।’ आफू एमाले विभाजनको पक्षमा नरहेको बताउदै उनले एमाले पार्टी अध्यक्षको मात्र नभई हामी सबैको पार्टी भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘भोली समयले साथ दिए एमालेको अध्यक्ष पदमा जो कोही आउन सक्ने म पनि आउन सक्ने भएकोले एमाले विभाजन गर्नेहरु भोली गल्ति गरे भन्दै एमालेमा आउने छन । हिजोका दिनमा एमाले फुटाएर गएका माले बनाएर गएका बामदेवहरु जस्तै आउने र नआउनेहरु बाबुराम भट्टराई, सिपी मैनाली र अशोक राईको हालतमा हुने भएकोले नेकपा एकिकृत समाजवादीमा गएका माधव नेपाल, झलनाथ खनाल लगाएतलाई एमालेमा फर्कन हार्दिक अपील गर्दछु ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend