काठमाडौं । घमेश दुलाल र कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।चौतारीमा बसौला माया गासौंला’ बोलको गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ । काठे भाकामा चर्चित गायक घमेश दुलालको सार्वजनिक गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो ।
शंकर बिसीले निर्देशन गरेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा नवीन घर्तीले सम्पादन गरेका छन् ।
भिडियोमा शंकर बिसी र रिना थापाले अभिनय गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend