बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रसुवाको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै नेता बोहराद्वारा उच्च सतर्कताको अपील

रसुवाको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै नेता बोहराद्वारा उच्च सतर्कताको अपील

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको भनिएको ठूलो बाढीप्रति जय नेपाल पार्टीका नेता प्रज्वल बोहराले गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपील जारी गर्दै बाढीका कारण रसुवा मात्र नभई नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

बोहराले स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै विपद्को यस घडीमा नागरिकको जीवनरक्षा नै सबैभन्दा पहिलो दायित्व भएको बताएका छन्।

उनले संरसुवाकोघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक सबै एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेता बोहोराले सम्बन्धित निकायहरूलाई आवश्यक पूर्वतयारी गर्न, समयमै सूचना प्रवाह गर्न तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।

“संकटको यस घडीमा सबैको साथ, सहयोग र एकता आवश्यक छ,” बोहराले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।

उनको अपीलले सम्भावित बाढी तथा प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने सन्देश दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend