बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चीनतर्फको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीप्रति ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको गहिरो दुःख

चीनतर्फको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीप्रति ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको गहिरो दुःख

काठमाडौं । चीनतर्फको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले मिति २०८३ भदौ १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हो।
बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो भौतिक क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित परिवारहरूको तत्काल उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ।
यस कठिन र दुःखद घडीमा ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालले बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै आवश्यक सहयोग, उद्धार र राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।
महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राज्य तथा सरोकारवाला निकायले तत्काल राहत उपलब्ध गराई सुरक्षित पुनर्स्थापनाको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालले यस दुःखद परिस्थितिमा सम्पूर्ण प्रभावित परिवारको पीडामा साथ रहेको र मानवीय सहयोग तथा सहकार्यका लागि सधैं तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend