बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सिन्डिकेटविरुद्ध संघर्ष समिति गठन, लक्ष्मण पौडेल संयोजक

सिन्डिकेटविरुद्ध संघर्ष समिति गठन, लक्ष्मण पौडेल संयोजक

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा देखिएको सिन्डिकेट तथा एकाधिकारवादी प्रवृत्तिविरुद्ध संघर्षलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न घटक तथा शुभेच्छुक संस्थाहरूको सहभागितामा संघर्ष समिति गठन गरेको छ।

आज मिति २०८३ साल भदौ ९ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बैठक कक्षमा आयोजित बैठकले संघसँग आबद्ध विभिन्न घटक, संगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागितामा सिन्डिकेटविरुद्धको संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो।

गठित संघर्ष समितिको संयोजकमा लक्ष्मण पौडेल र सदस्य सचिवमा हरि बहादुर डाँगी (हिरा) चयन भएका छन्। समितिका सदस्यहरूमा केदारनाथ अधिकारी, धनमाया सिंजाली, रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जी.सी., भावना गजुरेल, रविन्द्र राई, विवश ढुङ्गाना, दीक्षा थपलिया, बाबुराम न्यौपाने, गीता राउत, राजेन्द्र भण्डारी, देवीप्रसाद गिरी, शिवहरि मैनाली तथा श्यामचन्द्र खतिवडा रहेका छन्।

त्यस्तै समितिको सल्लाहकारमा दिलप्रसाद पोखरेल, प्रेम कटुवाल, बलबहादुर तामाङ, हंसराज वाग्ले, विमलप्रसाद ढकाल, रोहन गुरुङ, राजेन्द्र भण्डारी, भुवनसिंह गुरुङ तथा नवराज के.सी. रहेका छन्। बैठकमा वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित विभिन्न राजनीतिक, पेशागत, जातीय तथा क्षेत्रीय संगठनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल तथा महासचिव सोमबहादुर तामाङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे तथा महासचिव सुमराज पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका उपाध्यक्ष परमेश्वर अधिकारी तथा कुन्छा दोर्जे डिम्दोङ लगायत सहभागी भएका थिए।

त्यस्तै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालका का.वा. अध्यक्ष मिनप्रसाद तामाङ तथा उपाध्यक्ष अर्जुन सापकोटा, राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भीष्मराज अधिकारी तथा महासचिव लोकनाथ रिमाल, स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष छत्रबहादुर बस्नेत तथा महासचिव कमल निरौला पनि संघर्षमा सहभागी रहने जनाइएको छ।

नेपाल मगर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष ओमबहादुर जर्गा, नेपाल वैदेशिक रोजगार व्यवसायी विश्वकर्मा समाजका अध्यक्ष अमृत विश्वकर्मा तथा महासचिव पदम विश्वकर्मा, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजका अध्यक्ष मोहनबहादुर स्याङवा तथा महासचिव तिलक तामाङ, नेपाल मुस्लिम वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष मल्जुम मियाँ र तराई वैदेशिक रोजगार व्यावसायिक समाजका अध्यक्ष नवलकिशोर यादव पनि समितिसँग समन्वयमा रहनेछन्।

यसैगरी नेपाल वैदेशिक रोजगार व्यावसायिक एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री तथा उपाध्यक्ष हरिचन्द्र कुँवर, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किशन प्रधान तथा महासचिव देवेन्द्रनारायण श्रेष्ठ, नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी अध्यक्ष प्रतिमा महर्जन तथा महासचिव हिरादेवी बुढाथोकीलगायतको पनि सहभागिता रहेको छ।

बैठकमा वैदेशिक रोजगार व्यवसायी समुदायका विभिन्न संस्था तथा समाजका प्रतिनिधिहरूलाई एकताबद्ध गर्दै सिन्डिकेटका विरुद्ध साझा संघर्ष अगाडि बढाउने विषयमा जोड दिइएको बताइएको छ। संघर्ष समितिमा आवश्यकता अनुसार सदस्य संख्या थपघट गर्न सकिने निर्णय पनि गरिएको छ।

बैदेशिक रोजगार ललितपुर समाजका अध्यक्ष नवराज के.सी., वैदेशिक रोजगार धौलाश्री समाजका अध्यक्ष रविन्द्र शेरचन, नेपाल वैदेशिक रोजगार व्यवसायी तमु धिका अध्यक्ष तीर्थबहादुर गुरुङ, सिनामंगल इन्भेष्टमेन्टका अध्यक्ष कमलदेव मल्ल तथा वैदेशिक रोजगार किरात यायोख्या व्यवसायी समाजका अध्यक्ष चन्द्रप्रसाद राईसमेत संघर्ष अभियानमा आबद्ध रहेका छन्।

संघर्ष समिति गठनबारे जानकारी दिँदै संयोजक लक्ष्मण पौडेलले वैदेशिक रोजगार व्यवसायलाई सीमित व्यक्ति वा संस्थाको नियन्त्रणमा राख्ने कुनै पनि किसिमको सिन्डिकेट स्वीकार्य नहुने बताए। उनले व्यवसायलाई पारदर्शी, प्रतिस्पर्धात्मक र सबै व्यवसायीका लागि समान अवसरयुक्त बनाउन संघर्ष समितिले आवश्यक कदम चाल्ने जानकारी दिए।

समितिले आगामी दिनमा वैदेशिक रोजगार क्षेत्रमा देखिएका एकाधिकार, असमानता र व्यवसायीमाथि पर्न सक्ने विभेदविरुद्ध संयुक्त रूपमा आवाज उठाउँदै आवश्यक संघर्षका कार्यक्रम तय गर्ने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend