बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

HSMAN को पाँचौँ सेल्स मिट–२०२६ सम्पन्न, पर्यटन क्षेत्रलाई एकताबद्ध बनाउने प्रतिबद्धता

HSMAN को पाँचौँ सेल्स मिट–२०२६ सम्पन्न, पर्यटन क्षेत्रलाई एकताबद्ध बनाउने प्रतिबद्धता

काठमाडौं । होटल तथा आतिथ्य क्षेत्रमा कार्यरत सेल्स तथा मार्केटिङ प्रोफेसनलहरूलाई एउटै साझा प्लेटफर्ममा जोड्दै Hospitality Sales & Marketing Association Nepal (HSMAN) ले पाँचौँ Sales Meet 2026 आयोजना गरेको छ। शुक्रबार, २१ अगस्ट २०२६ अर्थात् ५ भदौ २०८३ मा काठमाडौंमा आयोजित कार्यक्रममा होटल, रिसोर्ट, ट्राभल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी र सेल्स तथा मार्केटिङ प्रोफेसनलहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमले आपसी सम्बन्ध विस्तार, व्यवसायिक सम्पर्क, ज्ञान आदान–प्रदान, सहकार्य तथा नेपालको आतिथ्य र पर्यटन क्षेत्रको व्यावसायिक विकासलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा HSMAN का महासचिव दिपक पोखरेलले संघको यात्रा सन् २०२२ अगस्ट ३१ मा होटल सत्कार एन्ड स्पाबाट सुरु भएको स्मरण गर्दै छोटो समयमै संस्थाले उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार त्यस दिन होटल तथा रिसोर्टका सेल्स प्रोफेसनलहरू पहिलोपटक एउटै ठाउँमा भेला भएका थिए। त्यही सानो सुरुवात अहिले एकता, आपसी सम्बन्ध, नेटवर्किङ, व्यवसायिक आदान–प्रदान र विकासको साझा प्लेटफर्मका रूपमा अघि बढेको छ ।


HSMAN ले यसअघि चारवटा सेल्स मिट आयोजना गरिसकेको छ। पहिलो सेल्स मिट १९ सेप्टेम्बर २०२२ मा टेप्स रिसोर्टमा, दोस्रो २० सेप्टेम्बर २०२३ मा टेप्स रिसोर्टमै, तेस्रो २० सेप्टेम्बर २०२४ मा मकवानपुरको चित्लाङमा र चौथो ४ जुलाई २०२५ मा बेस्ट वेस्टर्न प्लस काठमाडौंमा आयोजना गरिएको थियो। पाँचौँ सेल्स मिट भने ५ भदौ २०८३ मा वेभ स्पिटालिटी काठमाडौंमा सम्पन्न भएको हो।सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
HSMAN ले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। यसै क्रममा ८ फेब्रुअरी २०२६ मा गौशालास्थित क्रिस्टल पशुपतिमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। आतिथ्य क्षेत्रका प्रोफेसनलहरूलाई व्यवसायसँगै सामाजिक सेवामा जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने संघले जनाएको छ।पर्यटन क्षेत्रलाई जोड्ने योजना
HSMAN ले आगामी दिनमा सेल्स मिट आयोजना गर्ने कार्यमा मात्र सीमित नरही सिकाइ, नेटवर्किङ, सहकार्य र व्यवसायिक क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिने योजना अघि सारेको छ।
संघले होटल, रिसोर्ट, ट्राभल एजेन्सी तथा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले टुरिजम मिट आयोजना गर्ने तयारी गरेको छ। त्यस्तै, सेल्स तथा मार्केटिङ प्रोफेसनलहरूका लागि नियमित प्रशिक्षण तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
समान प्रकृतिका आतिथ्य तथा पर्यटनसम्बन्धी संघ–संस्थासँग सहकार्य गरी संयुक्त कार्यक्रम, कार्यशाला, नेटवर्किङ तथा ज्ञान आदान–प्रदानलाई विस्तार गर्ने संघको योजना छ। व्यवसायिक सम्बन्ध विस्तारका लागि बीटुबी नेटवर्किङ तथा व्यवसायिक आदान–प्रदानका थप अवसर सिर्जना गर्ने र नयाँ पुस्ताका हस्पिटालिटी प्रोफेसनललाई नेटवर्कमा जोड्दै उनीहरूको करियर विकासमा सहयोग गर्ने लक्ष्यसमेत HSMAN ले लिएको छ।
महासचिव पोखरेलले HSMAN लाई यस्तो बलियो प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने बताए, जहाँ प्रोफेसनलहरू जोडिन सकून्, व्यवसाय विस्तार होस्, ज्ञान आदान–प्रदान होस् र समग्र आतिथ्य तथा पर्यटन उद्योग एकसाथ अगाडि बढ्न सकोस्।विभिन्न कम्पनी तथा संस्थाको सहकार्य पाँचौँ सेल्स मिट सफल बनाउन विभिन्न कम्पनी तथा संस्थाले प्रायोजन तथा सहकार्य गरेका थिए। कार्यक्रममा एजिस सफ्टवेयर, एयरविङ्स टुर्स एन्ड ट्राभल, बालाजी दियो टुर्स एन्ड ट्राभल्स र वेभ हस्पिटालिटी शीर्षक प्रायोजक रहेका थिए।
साइट सोलुसन एन्ड ट्रेड कन्सर्न आधिकारिक डिजिटल पार्टनर, यस हेल्पिङ ह्यान्ड गोल्ड स्पोन्सर तथा भिलेज हाइल्यान्ड रिसोर्ट सिल्भर स्पोन्सरका रूपमा सहभागी थिए। त्यसैगरी आईएसएस साउन्ड पार्टनर, नेपाली एचसीएच सर्भिसेज भिजुअल पार्टनर, क्याम्पा कोला सफ्ट ड्रिंक स्पोन्सर र थमेल लागर बियर बेभरेज स्पोन्सरका रूपमा जोडिएका थिए।
टुरिजम इन्फो नेपाल आधिकारिक मिडिया पार्टनर रहेको कार्यक्रममा आर्थिक आवाज, गौरवता नेपाल, नेपाल ट्राभलर्स र प्रिजेन्टिङ नेपाल मिडियाले इभेन्ट मिडिया सपोर्ट गरेका थिए।
त्यसैगरी एबल ट्राभल्स, अल्टाई नेपाल ट्रेकिङ, आर्ची सफ्ट टेक्नोलोजी, आर्या होटल एन्ड स्पा, अतिथि रिसोर्ट एन्ड स्पा पोखरा, बेस्ट वेस्टर्न प्लस गोदावरी, बाटिका रिसोर्ट सौराहा बाई प्याराडाइज इन, चम्पा देवी क्रिएसन, होटल ऐकावा सौराहा चितवन, होटल हार्मोनी बिस्ट्रो, होटल हराती क्राउन, होटल इच्छासहित तीन दर्जनभन्दा बढी होटल, रिसोर्ट तथा पर्यटनसम्बन्धी संस्थाहरूले सहयोग गरेका थिए।
कार्यक्रममा लुम्बिनी हेरिटेज लिमिटेड, बन्दीपुर बजार घर, जंगल भिल्ला चितवन, ३६० डिग्री लाउन्ज एन्ड बार पोखरा, चिल्ली बार पोखरा, माउन्टेन भिस्टा रिट्रिट नागारकोट, ओम अध्याय रिट्रिट, होटल कोटबारी–अध्याय रिट्रिट तथा होटल हराती क्राउन–अध्याय रिट्रिटलगायतले गिफ्ट भाउचरमार्फत सहयोग गरेका थिए। सँगै जोडिऔँ, पर्यटन बलियो बनाऔँ’ कार्यक्रममार्फत HSMAN ले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रको विकासका लागि व्यवसायिक एकता र सहकार्य आवश्यक रहेको सन्देश दिएको छ। संघले आफ्नो अभियानलाई एकता, नेटवर्किङ, सिकाइ र व्यवसायिक विकाससँग जोड्दै आगामी दिनमा अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।
HSMAN का अनुसार प्रायोजक, साझेदार, मिडिया, होटल व्यवसायी, सेल्स तथा मार्केटिङ प्रोफेसनल र सहयोगी संस्थाहरूको साथले पाँचौँ सेल्स मिटलाई थप अर्थपूर्ण र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
संघले ‘सँगै जोडिऔँ, सँगै सहकार्य गरौँ र सँगै नेपालको पर्यटनलाई बलियो बनाऔँ’ भन्ने भावनाका साथ आगामी दिनमा आतिथ्य तथा पर्यटन क्षेत्रका व्यवसायी र प्रोफेसनलहरूबीच सहकार्यलाई अझ मजबुत बनाउने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend