बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजले मनायो ‘नवौँ मदेश दिवस

मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजले मनायो ‘नवौँ मदेश दिवस

 

ललितपुर। मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाज ( Madhesi Democratic Engineers’ Society) ले आफ्नो स्थापना दिवसको अवसरमा ‘नवौँ मदेश दिवस ‘ बिहीबार ( २८ साउन , २०८३ ) विशेष समारोहको आयोजना गरेर मनाएको छ। ललितपुरस्थित आइओई पुल्चोक क्याम्पसको सभाहलमा समाजका अध्यक्ष ई. धर्मनारायण साहको अध्यक्षतामा आयोजित समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।

समाजका महासचिव उमेश प्रसाद चौधरीले संचालन गरेका उक्त कार्यक्रममा वरिष्ठ इन्जिनियर तथा राजनीतिक विश्लेषक सी.के. लालले ‘ईन्जिनियरिङ् मधेश: पूर्वाधार तथा सबल लोकतन्त्रको निर्माण ‘ विषयक ‘किनोट मन्तव्य’ प्रस्तुत गरेका थिए। लालले पूर्वाधार निर्माणका साथै ईन्जिनियरहरुको सांस्कृतिक, सामाजिक भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका थिए। त्यस्तै, कार्यक्रममा डा. अजय चन्द्र लालको पनि कार्यपत्र प्रस्तुति रहेको थियो।

समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजले मधेशमा एकता बढाउन भूमिका खेल्न आग्रह गरे। उनले मधेशमा भ्रष्टाचार र बेरोजगारी धेरै रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताए। सबै जिल्लामा बुढानिलकण्ठ स्कूल जस्ता शैक्षिक संस्था तथा स्वास्थ्य र सिंचाईको ब्यवस्था गर्नको लागि काम गर्नुपर्ने उनले बताए।

मुख्यमन्त्री यादवले मधेश प्रदेशमा रामायण पार्क निर्माण, रा

म – सीता विवाह गन्तव्य निर्माण, अयोध्या – जनकपुर हवाई सम्बन्ध बनाउन आफ्नो नेतृत्वको प्रदेश सरकार लागिपरेको जानकारी दिए।

कार्यक्रमका अध्यक्ष ई. धर्मनारायण साहले ‘नवौं मदेश दिवस’ को विषयवस्तु केवल एउटा कार्यक्रमको विषयवस्तु मात्र नभई मधेश प्रदेशको विकासमा इन्जिनियर तथा प्राविधिक समुदायले निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकाको स्पष्ट प्रतिविम्ब रहेको बताए ।

अध्यक्ष साहले मधेशको दिगो, समावेशी र समुन्नत विकासका लागि गुणस्तरीय सडक तथा यातायात सञ्जाल, सुरक्षित खानेपानी, भरपदों ऊर्जा प्रणाली, आधुनिक सिंचाइ, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य पूर्वाधार, सूचना प्रविधिको विस्तार र व्यवस्थित शहरी विकास अपरिहार्य भएकोले यी काममा इन्जिनियरहरुले नै सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने बताए।

समाजका उपाध्यक्ष संजय अधिकारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ई.अभिमन्यु लाल सिंह, आइओई पुल्चोक क्याम्पसका प्रमुख ई. डा. अजय कुमार झा, काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेडका प्रवन्ध निर्देशक ई. राम रतन साह , नेपाल इन्जनियर एशोसिएशनका महासचिव ई. विनोद प्रकाश पण्डित, समाजका वर्तमान र पूर्व पदाधिकारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend