काठमाडौं । घरेलु पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको टाइगर ट्राभल एन्ड टुर्सले नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा सुरक्षित, सहज र भरपर्दो यातायात सेवा प्रदान गर्दै आएको छ। विसं २०६०/६१ मा नेपालमा दर्ता भई सञ्चालनमा आएको कम्पनीले पर्यटक तथा यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका सवारीसाधन भाडामा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार हाल टाइगर ट्राभल एन्ड टुर्ससँग २५ भन्दा बढी सवारीसाधन रहेका छन्। ती सवारीसाधन विशेषगरी आन्तरिक पर्यटकीय भ्रमण, समूहगत यात्रा, विमानस्थल आवतजावत तथा देशका विभिन्न पर्यटकीय गन्तव्यसम्मको यात्राका लागि प्रयोग हुँदै आएका छन्।
कम्पनीले अनुभवी तथा तालिमप्राप्त चालकमार्फत सेवा दिँदै आएको छ। आवश्यकताअनुसार अंग्रेजी भाषासमेत बोल्न सक्ने चालक उपलब्ध गराउने व्यवस्था रहेको कम्पनीले जनाएको छ। त्यस्तै, पर्यटकलाई सम्बन्धित गन्तव्यको ऐतिहासिक, सांस्कृतिक तथा स्थानीय जीवनशैलीबारे जानकारी गराउन अतिरिक्त शुल्कमा दक्ष पर्यटक गाइडको समेत व्यवस्था गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक टेक पुन मगरका अनुसार पर्यटक तथा यात्रुलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नु कम्पनीको मुख्य प्राथमिकता हो। निरन्तर सेवा विस्तारसँगै नेपालका नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रवर्द्धनमा समेत कम्पनीले ध्यान दिँदै आएको उनले बताए।
विमानस्थल आवतजावतदेखि देशभरका गन्तव्यसम्म सेवा
टाइगर ट्राभल एन्ड टुर्सले काठमाडौं उपत्यकासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा विभिन्न क्षमताका सवारीसाधनमार्फत सेवा दिँदै आएको छ। विमानस्थलबाट यात्रु ल्याउने तथा विमानस्थलसम्म पुर्याउने सेवाका लागि दिन, रात र मध्यरातअनुसार फरक शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।
विमानस्थल आवतजावतका लागि कारको शुल्क दिनमा १ हजार, रातमा १ हजार ५ सय र मध्यरातमा २ हजार ५ सय रुपैयाँ तोकिएको छ। विद्युतीय भ्यानका लागि क्रमशः १ हजार ५ सय, २ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ, जिपका लागि १ हजार ५ सय, २ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ तथा हाइसका लागि २ हजार, ३ हजार ५ सय र ४ हजार ५ सय रुपैयाँ शुल्क रहेको छ। कोस्टर र सुटलेजका लागि पनि समयअनुसार फरक शुल्क निर्धारण गरिएको छ।
रामेछापको मन्थलीसम्म यात्राका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँको व्यवस्था गरिएको छ। आरक्षित सवारीका रूपमा कार १२ हजार, विद्युतीय भ्यान १४ हजार, स्कोर्पियो १५ हजार, हाइस २० हजार र कोस्टर ३० हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
काठमाडौं उपत्यकाका पर्यटकीय गन्तव्यमा प्याकेज
कम्पनीले काठमाडौं उपत्यकाभित्रका प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थललाई समेटेर विभिन्न भ्रमण प्याकेज सञ्चालनमा ल्याएको छ।
पहिलो भ्रमण प्याकेजअन्तर्गत पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूप, बूढानीलकण्ठ, स्वयम्भूनाथ र काठमाडौं दरबार क्षेत्रको भ्रमण गराइन्छ। करिब ७ घण्टाको यस भ्रमणका लागि सवारीसाधनअनुसार ४ हजारदेखि १५ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।
दोस्रो प्याकेजमा नगरकोट, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव र डोलेश्वर महादेव समेटिएका छन्। करिब १० घण्टाको यस भ्रमणका लागि कारको ७ हजार, विद्युतीय भ्यान र स्कोर्पियोको १० हजार, हाइसको १२ हजार, कोस्टरको १९ हजार तथा पर्यटक बसको २५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, चन्द्रागिरि डाँडा र स्वयम्भूनाथ भ्रमणका लागि छुट्टै प्याकेज रहेको छ। करिब ७ घण्टाको यस भ्रमणमा केबलकारको टिकट भने अतिरिक्त शुल्कमा लाग्ने कम्पनीले जनाएको छ।
दक्षिणकाली, कीर्तिपुर र पाटन दरबार क्षेत्रलाई समेटिएको अर्को १० घण्टे प्याकेजसमेत कम्पनीले सञ्चालन गर्दै आएको छ। यसका लागि सवारीसाधनअनुसार ६ हजारदेखि २२ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी, नमोबुद्ध र धुलिखेल भ्रमणका लागि ८ घण्टे प्याकेज रहेको छ। यसमा कारको ६ हजार, विद्युतीय भ्यानको ८ हजार, स्कोर्पियोको ९ हजार, हाइसको ११ हजार, कोस्टरको १५ हजार तथा पर्यटक बसको २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
पोखरा, चितवन र लुम्बिनीसम्म नियमित यातायात
कम्पनीले काठमाडौं–पोखरा, काठमाडौं–चितवन र काठमाडौं–लुम्बिनीका लागि पनि विभिन्न सवारीसाधनमार्फत सेवा दिँदै आएको छ।
काठमाडौं–पोखराका लागि कार १४ हजार, विद्युतीय भ्यान १५ हजार, जिप १७ हजार, हाइस २२ हजार, कोस्टर ३५ हजार र सुटलेज ५५ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
काठमाडौं–चितवन यात्राका लागि कार १२ हजार, विद्युतीय भ्यान १४ हजार, स्कोर्पियो १६ हजार, हाइस २० हजार, कोस्टर ३० हजार र सुटलेज ५० हजार रुपैयाँ शुल्क रहेको छ।
त्यस्तै, काठमाडौं–लुम्बिनीका लागि कार १९ हजार, विद्युतीय भ्यान २१ हजार, स्कोर्पियो २४ हजार, हाइस ३४ हजार, कोस्टर ५५ हजार र सुटलेज ७० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा विशेष सेवा
पोखराबाट फेदी, नयाँपुल, अस्ताम, उल्लेरी, घान्द्रुक, सिक्लेस तथा कुश्मासम्मका लागि पनि कम्पनीले सवारी सेवा उपलब्ध गराउँदै आएको छ।
पोखरा–फेदीका लागि कार ३ हजार, जिप ४ हजार र हाइस ५ हजार रुपैयाँ, पोखरा–नयाँपुलका लागि कार ४ हजार ५ सय, जिप ५ हजार ५ सय र हाइस ७ हजार रुपैयाँ शुल्क रहेको छ। अस्तामका लागि जिप ५ हजार ५ सय, उल्लेरी र घान्द्रुकका लागि जिप १२ हजार तथा सिक्लेसका लागि जिप १५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
पोखरा–कुश्मा यात्राका लागि कार ८ हजार, जिप १० हजार ५ सय र हाइस १३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।
लुम्बिनी, चितवन र भैरहवा क्षेत्रमा पनि सेवा
भैरहवा–लुम्बिनीका लागि कार २ हजार, जिप ३ हजार ५ सय र हाइस ५ हजार रुपैयाँ शुल्क रहेको छ। लुम्बिनी–चितवन यात्राका लागि कार १३ हजार, जिप १६ हजार र हाइस २२ हजार रुपैयाँ तोकिएको छ।
लुम्बिनी–पोखरा यात्राका लागि कार १५ हजार, जिप २० हजार र हाइस २५ हजार रुपैयाँ तथा लुम्बिनी र तिलौराकोट भ्रमणका लागि कार ८ हजार, जिप १० हजार र हाइस १५ हजार रुपैयाँ शुल्क रहेको छ।
लुम्बिनी–काठमाडौंका लागि कार १९ हजार, जिप २४ हजार र हाइस ३० हजार रुपैयाँमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
हिमाली तथा ग्रामीण गन्तव्यमा जिप र विद्युतीय भ्यान
टाइगर ट्राभल एन्ड टुर्सले दुर्गम तथा हिमाली पर्यटकीय गन्तव्यसम्म पुग्न जिप र विद्युतीय भ्यानको सेवा पनि उपलब्ध गराउँदै आएको छ। मनाङ, रसुवा, सिन्धुपाल्चोक, गोरखा तथा सोलुखुम्बु क्षेत्रका विभिन्न गन्तव्यलाई कम्पनीले आफ्नो सेवा सञ्जालमा समेटेको छ।
जगत, चाम्चे, ताल, धारापानी, चामे, पिसाङ र मनाङसम्म जिप सेवा उपलब्ध छ। त्यस्तै, तिम्बु, पाँचपोखरी, भोताङ, तार्केघ्याङ, मेलम्चीघ्याङ, धुन्चे, स्याफ्रुबेँसी, आरुघाट, सोतीखोला, माछाखोला, केरुङ, खासा तातोपानी, सोलु–डाप, सल्लेरी तथा फाप्लुसम्म जिप तथा विद्युतीय भ्यानको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
गन्तव्यअनुसार जिप तथा विद्युतीय भ्यानको शुल्क १३ हजारदेखि ६५ हजार रुपैयाँसम्म रहेको छ।
देश तथा भारतका विभिन्न गन्तव्यका लागि बस टिकट सेवा
यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले दिन तथा रात सञ्चालन हुने बसको टिकट सेवासमेत उपलब्ध गराउँदै आएको छ। कम्पनीले काठमाडौंलगायत विभिन्न स्थानबाट दिल्ली, बोधगया, सिलिगुडी, जोमसोम, पोखरा, चितवन, धुन्चे, स्याफ्रुबेँसी, बेँसीसहर, सुनौली र लुम्बिनीसम्मका लागि बस टिकट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
बस टिकटको शुल्क गन्तव्यअनुसार १ हजार २ सयदेखि ५ हजार रुपैयाँसम्म रहेको छ।
टाइगर ट्राभल एन्ड टुर्सले नेपालका प्रमुख पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई यातायात सेवासँग जोड्दै आन्तरिक पर्यटनलाई सहज बनाउने लक्ष्य लिएको छ। विभिन्न वर्गका यात्रु, परिवार, समूह तथा पर्यटकको आवश्यकता र बजेटअनुसार सवारीसाधन छनोट गर्न सकिने व्यवस्था रहेकाले कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
टाइगर ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक टेक पुन मगरले सुरक्षित यात्रा, समयमै सेवा र यात्रुको सन्तुष्टिलाई कम्पनीको मुख्य आधार बनाउँदै आगामी दिनमा नेपालको पर्यटन क्षेत्रसँग सहकार्य गर्दै सेवा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend