काठमाडौँ । यामाहा नेपालले ‘ब्लू सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरेको छ । जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डमा आयोजित पाँचदिने कार्यक्रममा यामाहा नेपालका साझेदार, डिलर तथा यामाहा टिमको सहभागिता रहेको थियो ।
पटायादेखि बैंककसम्म आयोजना गरिएको कार्यक्रममा साझेदार सम्मेलन, नेटवर्किङ सेसन तथा विभिन्न व्यवसायिक र मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको थियो । कार्यक्रममार्फत यामाहा र उसका साझेदारबीचको सहकार्य थप मजबुत बनाउने तथा गत वर्षको व्यावसायिक सफलताको उत्सव मनाउने उद्देश्य राखिएको थियो ।
कार्यक्रमको दोस्रो दिन आयोजित यामाहा नेपाल पार्टनर्स मिट तथा नेटवर्किङ सेसनमा व्यवसायिक उपलब्धि, आगामी योजनालगायतका विषयमा छलफल गरिएको थियो । त्यसपछि आयोजित गाला डिनरमा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने यामाहाका डिलर तथा साझेदारलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
बी एण्ड बी अटो ट्रेडर्स प्रालि., विराटचोकले ‘बेस्ट सोसल मिडिया प्रेजेन्स’ अवार्ड प्राप्त गर्दा MAW प्रालि., नेपालगञ्जले ‘बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन’ अवार्ड जितेको छ । त्यस्तै, लुम्बिनी अटो वर्क्स, ग्वार्कोले ‘बेस्ट स्पेयर्स’, राज मोटर्स प्रालि., हेटौंडाले ‘बेस्ट सर्भिस’ तथा V.A.W इन्टरप्राइजेज प्रालि., पोखराले ‘हाइएस्ट AMC सेल्स’ अवार्ड प्राप्त गरेका छन् ।
बेस्ट डिलरअन्तर्गत विभिन्न विधामा पनि उत्कृष्ट डिलर घोषणा गरिएको थियो । दिपेश इन्जिनियरिङ अटो पार्ट्स एन्ड सप्लायर्स, मेहेलकुनाले A0, बी एण्ड बी अटो ट्रेडर्स प्रालि., विराटचोकले A1, राज मोटर्स प्रालि., हेटौंडाले A2 तथा नवीन अटो सेन्टर, नारायणघाटले A3 क्याटेगरीमा उत्कृष्ट डिलरको अवार्ड प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इन्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल यामाहाका लागि महत्वपूर्ण र सम्भावनायुक्त बजार रहेको बताएका छन् । उनले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको भन्दै यहाँको विद्युतीकरणको यात्रालाई यामाहाले नजिकबाट हेरिरहेको बताए ।
उनका अनुसार यामाहाले भारतबाहिर पहिलोपटक आफ्नो e-Zero Series इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाललाई इलेक्ट्रिक मोटरसाइकल विस्तारका लागि उपयुक्त बजारका रूपमा मूल्यांकन गर्दै निकट भविष्यमै विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले आगामी वर्षका उत्पादन योजनासम्बन्धी प्रि–अलोकेसन बैठकसमेत थाइल्याण्ड भ्रमणका क्रममा समावेश गरिएको बताए । यसले नेपाली बजारका लागि यामाहाको आगामी उत्पादन तथा व्यवसायिक रणनीतिमा थप प्राथमिकता देखाएको कम्पनीको भनाइ छ ।
MAW राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालले यामाहा डिलर नेटवर्कको सामूहिक प्रयासका कारण कम्पनीले यस वर्ष निर्धारित लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको बताए । सोही सफलताको उत्सवका रूपमा थाइल्याण्ड भ्रमण आयोजना गरिएको उनले जानकारी दिए ।
उनले आगामी वर्ष पनि यही उत्साह र प्रतिबद्धताका साथ अघि बढ्दै अझ राम्रो व्यावसायिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
व्यवसायिक कार्यक्रमसँगै सहभागीहरूले थाइल्याण्डका विभिन्न पर्यटकीय गतिविधिमा समेत सहभागिता जनाएका थिए । उनीहरूले स्पिडबोटमार्फत कोरल आइल्याण्ड भ्रमण, बैंककका प्रमुख स्थल तथा मन्दिरको अवलोकन, किनमेल र साँझको क्रुज यात्रालगायतका गतिविधिमा सहभागी भएका थिए ।
पाँचदिने भ्रमण सम्पन्न गरी यामाहा नेपालका साझेदार तथा टिम नयाँ ऊर्जा र आगामी वर्षको व्यवसाय विस्तारको योजनासहित नेपाल फर्किएका छन् । विशेषगरी e-Zero Series इलेक्ट्रिक मोटरसाइकल नेपाल ल्याउने तयारीले नेपाली दुईपांग्रे बजारमा यामाहाको विद्युतीय रणनीतिलाई थप चासोको विषय बनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend