सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल भौगर्भिक समाजको ४७ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल भौगर्भिक समाजको ४७ औं वार्षिक साधारण सभा सम्पन्न

 

 

१३ भदौं, काठमाडौं । नेपाल भौगर्भिक समाजले आफ्नो ४७ औं वार्षिक साधारण सभा तथा २२ औं द्विवार्षिक उत्सव काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ नेतृत्व चयन गर्दै २२ औं कार्यकारिणी समिति गठन गरिएको छ ।

समाजको नयाँ कार्यकारिणीमा अध्यक्षमा भाष्कर खतिवडा, उपाध्यक्षमा डा. बसन्तराज अधिकारी, महासचिवमा शिवकुमार बास्कोटा, उपमहासचिवमा गोविन्द्र ओझा, कोषाध्यक्षमा शमिर्ला पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा विनोद केसी, रोशन न्यौपाने र धिरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

समाजको साधारण सभामा उपस्थित बक्ताहरूले भौगर्भिक समाजले नेपालको भौगर्भिक अध्ययन, अनुसन्धान र समृद्धिको यात्रामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले नेपालमा बढ्दो प्राकृतिक प्रकोप, भूकम्पीय जोखिम र वातावरणीय असन्तुलनका बीचमा भौगर्भिक ज्ञान र अनुसन्धानलाई नीति निर्माणमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए ।

समारोहमा शुभकामना मन्तव्य राख्दै विभिन्न अतिथिहरूले भौगर्भिक विज्ञानलाई शैक्षिक मात्र नभई विकास, निर्माण र पूर्वाधारको आधारस्तम्भका रूपमा लिनुपर्ने सुझाव दिएका थिए । साथै, समाजले देशको भौगर्भिक सम्पदाको संरक्षण, खानी तथा खनिज स्रोतको सदुपयोग र भूकम्पीय सुरक्षा प्रवर्द्धनमा अग्रसर भई राष्ट्रिय हितमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरियो । कार्यक्रममा नेपालका प्रख्यात भूविज्ञ, अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend