१२ भदौ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मामिलामा राष्ट्रिय सहमति र संसदको पनि विश्वास लिएर चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।
बिहीबार एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरुसँगको बालुवाटार भेटमा ओलीले नेपाली भूमि भारतले कब्जा गरेको मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताएको भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।
त्यस अवसरमा एमाले नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न आग्रह गरेका छन् । भेटपछि मानन्धरले भने, ‘१४ गते संसदमा कुरा राख्ने र संसद्को समेत विश्वास लिएर दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताउनु भएको छ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend