सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यही भदौ १४ गते रास्वपाको प्रथम वडा अधिवेशन गलकोटमा, प्रमुख अतिथि सांसद सन्तोष परियार

यही भदौ १४ गते रास्वपाको प्रथम वडा अधिवेशन गलकोटमा, प्रमुख अतिथि सांसद सन्तोष परियार

 

१२ भदौ, बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ र ३ मा आफ्नो प्रथम वडा अधिवेशन यही भदौ १४ गते शनिबार आयोजना गर्ने भएको छ । अधिवेशन गलकोट नगरपालिका–हटिया बजारमा बिहान ११ बजे सुरु हुने रास्वपाका  नेता टेक पुन मगरले जानकारी दिनुभयो ।

अधिवेशनमा प्रमुख अतिथि तथा प्रमुख वक्ता प्रतिनिधि सभा सदस्य एवं रास्वपाका प्रमुख सचेतक माननीय सन्तोष परियार रहने कार्यक्रम तय भएको छ । नेता टेक पुन मगर पनि  अधिवेशनमा सहभागी हुन जिल्लातर्फ प्रस्थान गर्ने तयारी भइरहेको बताउनुभयो ।

पार्टीले यस अधिवेशनलाई संगठन विस्तार, नीतिगत स्पष्टता र स्थानीय स्तरमा जनसंपर्क बढाउने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको जनाएको छ । अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend