सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विभिन्न पाँचबुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित

विभिन्न पाँचबुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित

 

 

१० भदौं, काठमाडौं । पाँचबुँदे मागसहित राजधानीका कवाड व्यवसायी आन्दोलित भएका छन्। संविधानले दिएको व्यवसाय गर्ने अधिकारको सम्मान गर्नुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका हुन्।

आन्दोलनकारी कवाड व्यवसायी, संकलक तथा मजदुरले काठमाडौं महानगरको प्रहरीले आफूहरूमाथि पटक–पटक कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने जस्ता गैरकानूनी गतिविधि गरिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन्। साथै, यस्ता कार्यमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको जोड छ।

व्यवसायीहरूले जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा महानगरको कार्यशैलीका कारण आफूहरूले भोगेको क्षतिको क्षतिपूर्ति दिलाउनुपर्ने माग पनि राखेका छन्। नाराबाजीसहित धर्नामा उत्रिएका कवाड व्यवसायीहरूले न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend