सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिडेनको आसन्न निर्वाचन: इ.रवि भूषण प्यानलको उम्मेदवारी घोषणा र उनका प्रतिबद्धताहरु

सिडेनको आसन्न निर्वाचन: इ.रवि भूषण प्यानलको उम्मेदवारी घोषणा र उनका प्रतिबद्धताहरु

८ भदौ , ललितपुर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल , सिडेन (Center for Democratic Engineers Nepal) को आसन्न निर्वाचनमा संस्थाको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष पदका लागि इन्जिनियर रवि भूषण झाले उम्मेदवारी घोषणा गरेका छन्।

यही भदौ १४ गते हुन गइरहेको नेपाली काङ्ग्रेस पार्टी आवद्ध उक्त संस्थाको नेतृत्वको लागि रवि भूषणले शनिबार एक समारोहमा आफ्नो प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन।

कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै  रवि भूषण झाले इन्जिनियरहरूको रोजगारी र पेशागत अधिकारलाई प्राथमिकतामा राख्ने, गुणस्तरीय पूर्वाधार र पारदर्शी प्रणालीका लागि सक्रिय आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, इन्जिनियरलाई नीति निर्माणमा निर्णायक भूमिका दिलाउन, तालिम र प्रविधि मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा सुरक्षा र सामाजिक सुरक्षालाई सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन्। त्यस्तै , आगामी दिनमा इन्जिनियरहरुको हकहित र पेशागत अधिकार सुनिश्चित गर्न आफ्ना योजनाहरू कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता समेत अध्यक्षका प्रत्यासी रवि भूषणले व्यक्त गरेका छन् ।

इ. रवि भूषण नेतृत्वको केन्द्रीय समिति प्यानलमा उपाध्यक्ष ई. मदन पुरी,महासचिवमा इ. सुदर्शन शर्मा , उप – महासचिवमा इ. खगेन्द्र अवस्थी,कोषाध्यक्षमा इ. सुजित कोइराला सहितको १३ जना केन्द्रिय सदस्यको सुची समेत सार्वजानिक गरेका छन्।

सोही कार्यक्रममा सिडेनको बागमती प्रदेश अध्यक्ष पदका उम्मेदवार इ. सुमन भट्ट र सचिव पदका उम्मेदवार इ. आशिष थापालगायतका सामूहिक उम्मेदवारहरूको पनि घोषणा भएको छ।

रवि भूषण झा यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व महासचिव, टाउन डेभलपमेन्ट फन्ड तथा रोड्स बोर्ड नेपालका पूर्व बोर्ड सदस्य समेत रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend