६ भदौ, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार वाग्लेलाई शपथ गराएका हुन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रतिनिधि रहने प्रावधानअनुसार वाग्ले सदस्यमा मनोनित भएका हुन् ।
धितोपत्र बोर्ड सञ्चालक समितिमा हाल अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा नेपाल उद्योग वाणिज्य महासंघबाट १–१ जना प्रतिनिधि रहने व्यवस्था छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend