सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शेखर कोइराला पक्षले हस्ताक्षर नगरेपछि उपसभामुखलाई महाअभियोग लगाउने सत्तापक्षको प्रयास अन्यौलमा

शेखर कोइराला पक्षले हस्ताक्षर नगरेपछि उपसभामुखलाई महाअभियोग लगाउने सत्तापक्षको प्रयास अन्यौलमा

५ भदौ , काठमाडौं । उपसभामुख इन्दिरा राना मगर लाई महाअभियोग लगाएर हटाउने खेलमा सरकार रोकिएको भएको छ। नेपाल तरूण दलका केन्दिय सदस्य तथा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका युवा नेता पशुपति पोखरेलले जानकारी गराए अनुसार ओली नेतृत्वको गठबन्धन सरकार उपसभामुख इन्दिरा राना मगर लाई महाअभियोग लगाएर हटाउने खेलमा ब्याक भएको हो।

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसको शेखर कोइराला प्यानलले महाअभियोगको पक्षमा हस्ताक्षर नगरेपछि गणितिय संख्या नपुगेर सरकार ब्याक भएको हो ।

युवा नेता पशुपति पोखरेलकै अनुसार यद्यपि रा.स्व.पा माथि अर्को बज्रपात पर्ने गरि कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने टिप्पणी कांग्रेस एमालेका नेता कार्यकर्ताले गरिरहेका छन् । सुमेरे ट्राभल्स मार्फत भिजिट भिसामा जापान सम्म मानव बेचबिखन गरेको आरोप संसदमै खेपेका रा.स्व.पा उपसभापति डि.पि अर्याल माथि छानविन हुन् सक्ने आंकलन राजनीतिक वृतमा गर्न थालिएको छ । डि.पि माथिको अनुसन्धानको प्रक्रिया हिरासतमा राखेर गर्ने या बाहिरै राखेर गर्ने भन्ने बिषयमा अपराधको प्रकृतिमा निर्भर हुने भएकाले त्यसबारे अनुसन्धान भइरहेको उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend