सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

टेक बहादुर पुन मगर  सचिव पदमा निर्बिरोध निर्वाचित 

टेक बहादुर पुन मगर  सचिव पदमा निर्बिरोध निर्वाचित 

 

२ भदौं ,काठमाडौं । धौलागिरी क्षेत्र, बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका–१० निवासी वरिष्ठ पर्यटन व्यवसायी, समाजसेवी तथा नेपाली माटोप्रेमी टेक बहादुर पुन (टेक पुन मगर) नेपाल पर्यटक यातायात व्यवसायी संघको २२औं वार्षिक साधारण सभाबाट निर्बिरोध कार्यसमिति सचिव पदमा निर्वाचित भएका छन् ।

पर्यटन क्षेत्रमै लामो समयदेखि सक्रिय रहँदै आएका पुनले आफ्नो जीवनलाई सदैव नेपाली माटोसँग जोडेर अघि बढाएका छन् । अमेरिकाबाट विभिन्न अवसरका लागि बोलावट आएपनि उनले मातृभूमिलाई प्राथमिकता दिँदै नेपालमै सेवा गर्ने अठोटलाई जीवनको मूलमन्त्र बनाउँदै आएका छन् । नेपालकै पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न निरन्तर लागिपरेका उनी देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली पर्यटनको पहिचान दिलाउने अभियानमा समर्पित रहेका छन् ।

संघको साधारण सभाबाट पुन निर्बिरोध निर्वाचित हुनु बाग्लुङ मात्र नभई सम्पूर्ण धौलागिरी क्षेत्रका लागि गर्वको विषय बनेको छ । उनको नेतृत्वले व्यवसायी समुदायलाई नयाँ दृष्टि, ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ । संघका पदाधिकारीहरूले पुनको नेतृत्वमा कार्यसमिति अझ सशक्त र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन् ।

समाजसेवा, पर्यटन प्रवर्द्धन र नेपाली संस्कृति–मूल्यप्रति गहिरो समर्पण राख्दै आएका टेक बहादुर पुनको निर्वाचनलाई स्थानिय बाग्लुङबासीले समेत खुसीसाथ स्वागत गरेका छन् । उनीहरूले पुनको नेतृत्वमा व्यवसायीको हकहित सुनिश्चित हुने, पर्यटन पूर्वाधारमा नयाँ योजना अघि बढ्ने र नेपाली माटोको गौरव अन्तर्राष्ट्रिय क्षेत्रमा अझ फैलिने विश्वास व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा सम्पूर्ण बाग्लुङबासीले टेक बहादुर पुनलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend