सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ईशान बाल तथा महिला अस्पतालले गुणस्तरीय सेवाको प्रतिबद्धता सहित मनायो ३०औं वार्षिकोत्सब

ईशान बाल तथा महिला अस्पतालले गुणस्तरीय सेवाको प्रतिबद्धता सहित मनायो ३०औं वार्षिकोत्सब

१ भदौ , काठमाडौं । ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी शनिबार ( ३१ साउन ) मनाएको छ ।

ईशान अस्पतालले ०५२ साल कृष्णअष्टमीका दिन नेपालको पहिलो गैरसरकारी बाल अस्पतालका रूपमा १५ सैया क्षमतासहित महाराजगन्जबाट सेवा सुरु गरेको थियो । हाल यो टोखा– ५, धापासीबाट अस्पतालले सुलभ दरमा गुणस्तरीय सेवा दिँदै आएको छ । वार्षिकोत्सवको अवसर पारी अस्पतालमा भगवान् श्रीकृष्णको पूजाआजा गरिएको छ । साथै, अस्पतालका विभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरिएको अस्पतालले जनाएको छ ।

वार्षिकोत्सब कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीका अनुसार अस्पतालमा चौबिसै घण्टा पेडियाट्रिक विशेषज्ञ रजिस्ट्रारबाट नवजात तथा बालरोग, नवजात तथा बाल सर्जरी, महिला, प्रसूति तथा हाडजोर्नीलगायतका सम्पूर्ण आकस्मिक सेवा उपलब्ध छन् । कार्यकारी निर्देशक चौधरीले विगत ३० वर्षदेखि विश्वास गरी सेवा गर्ने मौका दिइरहेकामा सबै पक्षलाई धन्यवाद दिए । संस्थाले गरिरहेको प्रगति, भविष्यका महत्वाकांक्षी योजनाबारे पनि उनले प्रकाश पारे ।

यस अस्पतालको सेवा लिनेमा नेपालसहित बेलायत, भारत, युएई तथा बंगलादेशका बिरामी रहेको बताइएको छ । विभिन्न विषयका ९० जना वरिष्ठ विशेषज्ञसहितका डाक्टरले सुपरस्पेसियालिटी तथा मल्टिस्पेसियालिटी सेवा दिँदै आएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend