१ भदौ , शुक्रबार काठमाडौं ।फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा सम्पन्न शुक्रबार ( ३० साउन , २०८२ ) गर्दै समीक्षा आ.व. को वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन लगायत पारित गरेको छ।
कम्पनीका अध्यक्ष चन्द्र प्रसाद बाँस्तोलाको सभापतित्वमा सम्पन्न साधारणसभाले आगामी ४ वर्षको कार्यकालका लागि नयाँ संचालक समितिको समेत निर्वाचन सम्पन्न गरेको छ। त्यसरी सर्वसम्मत निर्वाचित हुने संचालकहरुमा चन्द्र प्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारी रहेका छन् ।
यस कम्पनीले अहिले भोजपुर जिल्लाको साल्पासिलोछो गाउँपालिकामा ४.३मेगावाट क्षमताको फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजना निर्माणकार्य सम्पन्न हुने चरणमा रहेको छ ।
कम्पनीले शेयरधनिहरुको लगानीलाई सकेसम्म प्रतिफलमुखी बनाउने र साल २०९० सम्ममा कम्तीमा १०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend