सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

३६ ओटा गीत एकै पटक सार्वजनिक गर्दै डा. उपाध्यायले राखे विश्व कीर्तिमान

३६ ओटा गीत एकै पटक सार्वजनिक गर्दै डा. उपाध्यायले राखे विश्व कीर्तिमान

काठमाडौं । भनिन्छ, मान्छेको सफलता मेहनत,परिश्रम र अनुशासनमा भर पर्छ । मानिस जन्म संगै कुनै एउटा प्रतिभा पनि संगै लिएर आएको हुन्छ । आफनो जीबन कुन बाटोमा लैजाने कुरा उनको लगनशिलतामा भरपर्ने गर्छ ।

कतिपय मानिस जीबनमा कहिलेकाही असफल हुँदा पनि केही गर्न नसकेको भन्दै डिप्रेशन जाने तथा कालान्तरमा आत्महत्याको बाटो समेत रोज्ने गरेका उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । तर जीवनमा संर्घष र मेहनत गरे नाम दाम कमाउन सकिन्छ भनेर लाग्नेहरु भने आफ्नो कार्यमा ढिलो चाँडो अवश्य सफल हुन्छन् । जसको उदाहरण हुन् गीतकार डा. डीआर उपाध्याय ।

नेपाली सांगीतिक क्षेत्रमा गीत लेखेरै उपाध्यायले आफ्नो नाम विश्व चिनाउन सफल भए । ६ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गर्दै उपाध्यायले गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराएका छन् । नेपाली गीत संगीतका फरक फरक ६ विधामा ‘वल्ड बुक अफ रेकर्ड’मा आफ्नो नाम दर्ता गराएका गीतकार उपाध्यायले यसै हप्ता मुम्बई पुगेर सम्पूर्ण प्रमाणपत्र ग्रहण समेत लिइसकेका छन् ।

नेपाली गीत संगीतका विभिन्न विधामा योगदान दिएको भन्दै उनलाई विश्वका विभिन्न मुलुकले पनि सम्मान गरेको छ ।गीतकार उपाध्यायलाई एकैपटक ३६ गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम भएको प्रमाण पत्र प्रदान गरिएको हो ।

एउटै गीतमा ३ सय भन्दाबढी लोक बाजाहरुको प्रयोग गरेर गीत रेकर्ड गरिएको यो पहिलो पटक हो । सोही कारण उपाध्यायको गीत‘वल्र्ड बुक अफ रेकर्ड’मा दर्ता भयो । यसका अलावा उपाध्यायका आठ फरक गीत आठ फरक बिटमा संगीत गरेर समेत रेकर्ड भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend