सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुकुरलाई खुला ठाउँमा शौच गराए महानगरले कडा कारबाही गर्ने

कुकुरलाई खुला ठाउँमा शौच गराए महानगरले कडा कारबाही गर्ने

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराउनेहरूलाई कारबाही गर्ने भएको छ । यसअघि पटकपटक अनुरोध गरे पनि कुकुरलाई बाटो, पार्कलगायत क्षेत्रमा शौच गराउने क्रम नरोकिएपछि महानगरले कुकुरधनीलाई कारवाही गर्ने गरी तयारी गरेको हो।

महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढंगबाट शौच गराउन आग्रह गरेको छ।कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभागले जनाएको छ ।काठमाडौं महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend