सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बन्द रहेको मलेशियाको रोजगारी खुलाउन दुई देश बिच छलफल गरिने

बन्द रहेको मलेशियाको रोजगारी खुलाउन दुई देश बिच छलफल गरिने

काठमाडौ १२, भदौ । लामो समय देखी बन्द रहेको मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा छलफल हुने भएको छ । यही भदौ अन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने बताईएको छ ।

भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने कार्यक्रम रहेको बताईएको छ । दुई देशको प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारी अनुसार तोकिएका विषयमा बाँकी रहेका समस्यालाई छलफलद्वारा टुंग्याउने योजना रहेको छ ।

कात्तिकमा दुई देश बिच श्रम समझदारी भए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्दा मलेशियाको रोजगारी अझै खुल्न सकेको छैन् ।
नेपालको प्रमुख श्रम गन्तब्य मलेसिया रोक्नुमा युवासँग सेवा सहित अन्य शीर्षकमा चर्को शुल्क लिनु नै मुख्य कारण रहेको सरकारी दाबी छ ।

सरोकारवालाले चाँडो मलेसियाको रोजगारी खुलाउन सरकारलाई दबाब दिँदै आएपनि सरकारले विभिन्न कारण देखाउँदै खुलाउन सकेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend