भदौ ११, सुर्खेत। जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ स्थित एमाले मोडमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने घाईते १५ जना भएका छन् ।
एक महिलाको घटनास्थलमै र २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान साढे तीनदेखि चार बजेको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरु मध्ये केहीको कोहलपुर तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend