सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची सरोकार समाजले यही भदौ १४ गते काठमाण्डौमा बृहत तिज बिशेष कार्यक्रम गर्ने

अर्घाखाँची सरोकार समाजले यही भदौ १४ गते काठमाण्डौमा बृहत तिज बिशेष कार्यक्रम गर्ने

काठमाण्डौ ११, भदौ । अर्घाखाँची सरोकार समाजले तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम यही भदौ १४ गते सनिबार बागबजार शंखरदेब क्याम्पसमा हुने आयोजकले जानकारी गराएको छ । अर्घाखाँची जिल्लाबाट काठमाण्डौमा आई बिभिन्न पेसा, व्यवसाय, बिद्याथी बिच चिनजान र भेटघाट गर्ने उदेश्यले भेला राखिएको हो ।

साथै अर्घाखाँची जिल्लाको कला, संस्कृतिको जर्गेना गर्दै पर्यटन बर्ष २०२० लाई सहयोग पु¥याउने उदेश्य पनि सरोकार समाजले काठमाण्डौमा विविध सांस्कृतिक कार्यक्रम गर्न  लागेको आयोजकको भनाई छ ।

पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला अर्घाखाँचीका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अवसरमा तिजको नाचगाँन र दरखाने कार्यक्रम रहेको बताईएको छ । अर्घाखाँचीबाट काठमाडौमा आई बसेका सवैजनालाई सहभागी हुन समेत आहवान गरिएको छ । कार्यक्रममा ३ हजार भन्दा बढीको सहभागीता हुने आयोजकको अनुमान छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend