सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वउपप्रधानमन्त्री रायमाझीको प्रमुख आतिथ्यमा खिल्जी असुरकोटको तिज कार्यक्रम सम्पन्न

पूर्वउपप्रधानमन्त्री रायमाझीको प्रमुख आतिथ्यमा खिल्जी असुरकोटको तिज कार्यक्रम सम्पन्न

काठमाडौ ८, भदौ । खिल्जी असुरकोट काठमाण्डौ सरोकार समाजको तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको शंखमुलमा  रहेको ए.आई. ए स्कुलमा भएकोे हो । सनिवार पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी समितीका सदस्य एवम् यूवा तथा खेलकुद बिभाग प्रमुख टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्ता लोकदोहोरी तथा तिजका बिभिन्न गीतहरुले मनोरञ्न संगै नेपालको धर्म सस्कृती जोगाउने काम गरको बताए ।

खिल्जी असुरकोटबाट काठमाडौ आई तिज बिशेष एबम भेटघाट कार्यक्रम आयोजना गरेको भन्दै नेता रायमाझीले खिल्जी असुरकोट काठमाडौ सरोकार समाजलार्ई धन्यवाद दिए ।

पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला खिल्जी असुरकोटका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अवसरमा तिजको नाचगाँन र दरखाने कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सर्यौको संख्यामा गाउँ तथा जिल्लावासीहरुको एबम् बिभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायी , पत्रकार पेशाकर्मी लगाएतको सहभागीता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend