सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उपचारका लागी प्रधानमन्त्री सिंगापुर प्रस्थान, निजी खर्चमै उपचार हुने

उपचारका लागी प्रधानमन्त्री सिंगापुर प्रस्थान, निजी खर्चमै उपचार हुने

काठमाडौं ५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन भन्दै प्रधानमन्त्री ओली त्यस तर्फ प्रस्थान गरेका हुन् ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । तर उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागी सिंगापुर गएका हुन् ।

सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सहित सिंगापुर गएका छन् । ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने पनि सचिवालयले स्पष्ट पारेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend