काठमाडौ ४, भदौ । खिल्जी असुरकोट काठमाण्डौ सरोकार समाजले तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यही भदौ ७ गते सनिबार बानेश्वरको शंखमुल ए आई ए बोडिङ्ग स्कुलमा हुने आयोजकले जानकारी गराएको छ ।
अर्घाखाँची जिल्लाको खिल्जी असुरकोटबाट काठमाडौंमा आई बिभिन्न पेसा, व्यवसाय, बिद्याथी बिच चिनजान र भेटघाट गर्ने उदेश्यले भेला राखिएको हो ।
पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला खिल्जी असुरकोटका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अवसरमा तिजको नाचगाँन र दरखाने कार्यक्रम रहेको बताईएको छ । खिल्जी असुरकोटबाट काठमाडौमा आई बसेका सवैजनालाई सहभागी हुन समेत आहवान गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend