काठमाडौँ, २ भदौ । जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि २०७६’ को समुद्घाटन गरेका छन् ।
कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए । समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, वाहिनी र विशेष फौज गरी सहभागी १४ वटा टिमले मार्च पाष्ट प्रस्तुत गरेका थिए ।
८ वटै पृतनाहरुको संयोजनमा फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।
यस खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश भएका छन् ।
माथि उल्लेखित खेलकुद प्रतियोगिताहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend