सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

केही दिन भित्रै ठूला १४० जना भ्रष्टाचारीको नाम सार्वजनिक हुँदै

केही दिन भित्रै ठूला १४० जना भ्रष्टाचारीको नाम सार्वजनिक हुँदै

काठमाडौं ४, भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताउनु भएको छ ।

उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुने बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । गोरखापत्रबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend