काठमाडौं, ३ भदौ । सत्तारूढ दल समाजवादी पार्टी नेपालका विज्ञ सदस्य नारायण तिवारीले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगरे पार्टीले सरकारको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
आज पत्रकारहरु सँग कुराकानी गर्दै विज्ञ सदस्य तिवारीले यस्तो बताएका हुन् । पार्टी सरकारमा गएको एक वर्षभन्दापनि बढि भैसकेको अवस्थामा पनि अहिलेसम्म संविधान संशोधन प्रक्रिया नबढाएकोमा उनले असन्तुष्टि पोखे ।
‘अब पनि सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारमा बसिरहँदैनौं’–उनले भने,‘त्यसैले हामी अब अन्तिम पर्खाईमा छौं । अब संशोधन प्रक्रिया ढिलाई नगरी अघि बढाउनु पर्नेमा उनको भनाई छ ।
नेता तिवारीलाई समाजवादी पार्टी नेपालको प्रबक्ताको बनाउने चर्चा समेत छ । पत्रकारिता संगै राजनीतिमा राम्रो छवि बनाएका तिवारी संचारमाध्यम संग राम्रो सम्बन्ध छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend