काठमाडौं ३, भदौ । सिंहदरबार स्थित कार्यालयमा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । सुब्बा बच्चु केसी सिंहदरबार स्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । केसीले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी वृत्त काठमाडौंले यस बारे घटना स्थलमा गएर अनुसन्धान सुरु गरेको बताएको छ । थप जानकारी आउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend