जनकपुरधाम २, भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । उनले पार्टी कि केपी ओली शर्मा नेतृत्वको सरकार भन्ने प्रश्नमा नेकपाको सरकार भनेर प्रतिक्रिया दिएका छन् ।
आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए । तर वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर आइपुगेका प्रचण्डले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ भन्न चाहेनन, पार्टीको भनेका छन् । पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम गर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend