सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्ड एकाबिहानै माधव नेपाल निवासमा

प्रचण्ड एकाबिहानै माधव नेपाल निवासमा

काठमाडौँ ३२ साउन – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान नेपाल निवासमा दुई नेताबीच भेट भएको हो ।

नेता नेपालले प्राप्त गरेको वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने झलनाथ खनालको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र दाहालले सकारात्मक रुपमा लिएको भनिएको भोलिपल्ट दाहाल नेपाल निवास पुगेका हुन् ।

त्यहाँ दाहाल र नेपालबीच झण्डै आधा घन्टा छलफल भएको बुझिएको छ । वरिष्ठ नेताको वरियता आफूले पाउनु पर्ने प्रस्ताव औपचारिक रुपमा सचिवालयमा पेश गरेपछि खनाल खुशी छन् भने नेपाल त्यसमा सहमत हुने देखिएको छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend