सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सकियो, शुक्रबार स्वेदश फर्किँदै

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सकियो, शुक्रबार स्वेदश फर्किँदै

काठमाडौँ २३, श्रावण । उपचारको सिलसिलामा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको नेशनल युनिर्सिटी हस्पिटलका चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वेदश फर्किँदै हुनुहुन्छ,’ नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए । सरकारले यसअघि नै ओलीको स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लागेको खर्च उनी आफैंले व्यहोर्ने जानकारी गराइसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend