सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्याराडाइज इन्टरनेशनल म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा

प्याराडाइज इन्टरनेशनल म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा

काठमाडौं १९ साउन, । वैदेशिक रोजगार विभागले आइतबार ललितपुरको बखुण्डोमा रहेकोे प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ ।
युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको अवस्थामा रंगेहात फेला पारेको बिभागले बताएको छ ।
वैदेशिक रोजगारीका लागी विदेश जाने कामदारसँग प्याराडाइज इन्टरनेशनलले १ लाख भन्दा बढी रकम मागेको बताईएको छ । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ । प्याराडाइज म्यानपावर नेपालकै ठूलो म्यानपावरमा गनिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend