काठमाडौँ १९, साउन । अमेरिकाको टेक्सासमा २१ वर्षीय एक युवाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु छ । घटना ’जातीय हिंसा’ भएको हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।
प्रहरी अधिकारीहरूले घटनाका आरोपी रहेका २१ वर्षीय उक्त युवाले लेखेको कागजपत्र फेला पारेको बताईको छ ।जसबाट उनी जातीय हिंसा गराउन उद्दत रहेको प्रमाण फेला परेको प्रहरीको भनाई छ । ४ पन्नाको उक्त दस्तावेज अनलाइनमा प्रकाशित भएको थियो । ’श्वेत राष्ट्रवाद’ र ’जातीय सफाया’का पक्षमा लेखिएको उक्त दस्तावेज आप्रवासीका विरुद्ध थियो ।
उक्त दस्तावेजमा अमेरिकीहरूको रोजगारी आप्रवासीहरूले खोसेको आरोप लगाइएको छ । ’अहिले हामीसँग उक्त आरोप पुष्टि गर्न त्यही एउटा दस्तावेज मात्र छ, जसले श्वेत राष्ट्रवाद र जातीय घृणाको पक्षपोषण गरेको छ,’ एल पासोका प्रहरी प्रमुख जर्ज एलेनले भनेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend