२६ साउन, काठमाडौं । नेपाल कानून समाज र नेपाल-चीन कानून सहयोग मंचद्वारा सह–आयोजित ‘पारिस्थितिक वातावरण र प्राकृतिक स्रोतहरूको न्यायिक संरक्षणमा अनुभवजन्य सिकाई ’ शीर्षकमा समीक्षात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। चीनमा गरिएको स्थलगत अध्ययन र नेपालका आफ्नै न्यायीक अभ्यास र सिकाईका बारेमा सो कार्यक्रममा विवेचना गरिएको हो।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले वातावरण , दिगो विकास र मानव अधिकारलाई अन्तरसम्बन्धित विषयका रूपमा बुझ्नु आवश्यक रहेको बताए । वातावरणको विनाश गरेर हुने विकासलाई स्वीकार गर्न नसकिने र त्यसबाट हुने नकारात्मक असर अन्तर्राष्ट्रिय तहको हुने उनले बताए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा नेपालमा भएका न्याय निरुपणको अनुभव बारे धारणा राखेका थिए।
नेपाल कानून समाजकि अध्यक्ष पुष्पा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपालस्थित चीनिया दूतावासका अधिकारी वाङ सिन , वरिष्ठ अधिवक्ता परशुराम कोइराला लगायतले धारणा राखेका थिए।
कार्यक्रममा संचालन एवं स्वागत मन्तव्य नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend