२६ साउन,काठमाडौं । वरिष्ठ युरोलोजिष्ट तथा आख्यानकार प्रोफेसर डा. अर्जुनदेव भट्ट र मेडिकेयर अस्पतालका महाप्रबन्धक तथा साहित्यकार हरिभक्त सिग्देलले आफ्ना साहित्यिक सिर्जनाहरू साउन २५ गते अपराह्न खबर ब्रेकिङ डटकमका प्रधान सम्पादक राम गैरेलाई उपहारस्वरूप प्रदान गरेका छन्। कार्यक्रममा नेपाली रफीको उपाधिले चिनिने महेश रिजाल साक्षीका रूपमा उपस्थित थिए।
डा. भट्टले प्रदान गरेका कृतिहरूमा दोश्रो जीवनको चुरो, अविज्ञान प्रतीक्षा, रुपान्तरण, युद्ध विनाको युद्ध र अविछिन्नता रहेका छन्।
त्यसैगरी, सिग्देलले हस्तान्तरण गरेका कृतिहरूमा गौराझग खण्डकाव्य, श्री सूर्यप्रार्थना, THE PHILOSOPHY OF RELIGIONS र मुक्तिनाथ दर्शन त्रैमासिक (वैशाख–जेठ–असार अंक) समावेश छन्।
कार्यक्रममा दुवै साहित्यकारका सिर्जनालाई नेपाली साहित्य र पत्रकारिताबीचको सृजनात्मक सम्बन्ध मजबुत पार्ने पुलका रूपमा टिप्पणी गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend