सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हमासको कब्जामा रहेका विपिन जोशीका आमा–बहिनी इजरायल प्रस्थान

हमासको कब्जामा रहेका विपिन जोशीका आमा–बहिनी इजरायल प्रस्थान

 

२६ साउन,काठमाडौं । कञ्चनपुरका हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको मुक्तिका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायलतर्फ प्रस्थान गरेका छन्। उनीहरू अन्तर्राष्ट्रिय स्तरमा दबाब सृजना गरी विपिनको रिहाइ सुनिश्चित गर्ने उद्देश्यले इजरायल गएका हुन्।

फ्लाइ दुबईको विमानमार्फत् यात्रा गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमा र छोरी दुवै भावुक मुद्रामा देखिएका थिए। विपिनको अवस्थाबारे अझै निश्चित जानकारी नहुँदा परिवारको चिन्ता झन् गहिरिँदै गएको छ।

इजरायल सरकारले विपिनको मुक्तिका लागि चलिरहेको अभियानलाई थप प्रभावकारी बनाउन आमा र बहिनीलाई त्यहाँ निम्त्याएको बताइएको छ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २०८० असोज २० गते इजरायल पुगेका विपिन सोही दिनदेखि सम्पर्कविहीन छन्। हमासको नियन्त्रणमा रहेका कैयौँ बन्दी समयक्रममा रिहा भए पनि विपिनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend