सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गाईजात्राः संस्कृतिको उज्यालो

गाईजात्राः संस्कृतिको उज्यालो

डा डिआर उपाध्याय,
२५ साउन, काठमाडौं ।

स्मृतिका गल्लीमा उर्लिन्छ भीड,
दिवङ्गतको सम्झनामा बन्छ माला,
गाईको पुच्छर समाउँदै आत्माले खोज्छ,
वैतरणी पार गर्ने शान्तिको बाटो ताला।

प्रताप मल्लको राजदरबारदेखि
आजको रंगीन सडकसम्म,
शोकलाई हाँसोले धोइदिने
नेवारको अटल संस्कारसम्म।

नाच्छन् मास्क, बज्छन् ढोल,
बज्रपातलाई हाँसोले चिर्छन्,
व्यङ्ग्यका तीरले विकृति भेर्छन्,
सत्य बोल्दै समाजलाई घर्छन्।

रंगीन पोशाकमा सजिएका पात्रहरू,
पीडालाई गीतमा बुनिरहेका स्वरहरू,
शोकलाई पर्वमा बदल्ने त्यो कला,
नेपालको मुटुमा बस्ने अटल धरोहरहरू।

गाईजात्रा त केवल जुलुस होइन,
यो त हाँसोको भेषमा लुकेको आँसु हो,
यो त संस्कृतिको अमर दीप,
जसले अँध्यारो मनमा आशाको बत्ती बाल्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend