सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फोर्स कम्पनीका गाडीहरूमा समस्या देखिएको भन्दै व्यवसायीहरूले गरे क्षतिपूर्तिको माग

फोर्स कम्पनीका गाडीहरूमा समस्या देखिएको भन्दै व्यवसायीहरूले गरे क्षतिपूर्तिको माग

२३ साउन , काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि. बाट खरिद गरिएका गाडीहरु मजबुती र विश्वसनीयताको झुठो दाबीहरु गरेर भ्रममा पारेर बिक्री गरिएको र त्यसबाट आँफूहरु पीडित बनेको भन्दै यातायात व्यवसायीहरूले विरोध तथा क्षतिपूर्तिको माग गरेका छन् ।

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. संवद्व व्यवसायीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले बिक्री गरेको फोर्स गाडीमा जर्मनीको विश्व प्रसिद्ध ‘मर्सिडिज बेन्ज’को इन्जिन रहेको तथा इन्जिन , गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टीको आश्वासन दिए पनि सबै कुरा झुठो साबित भएको दाबी गरेको छ।

ती गाडीहरुमा इन्जिन सिज हुने टायर फुत्किने, कमजोर पार्टपुर्जा , गाडीको सेन्टर रड बारम्बार फुत्किने , छिटो बिग्रने र महँगो पार्टपुर्जा लगायतका प्राविधिक समस्या देखिएकाले व्यवसायीहरू मारमा परेका दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.का महासचिव देवान राईले बताए ।

त्यस्तै , प्रा.लि . का अध्यक्ष हरिबहादुर राइले आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि. ले फोर्स कम्पनीका गाडीहरु खरिद गरि पीडित बनेका सम्पूर्ण व्यवसायीहरूलाई आर्थिक र मानसिक क्षतिको उचित मूल्यांकन गरि उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे। राज्यका सम्बन्धित निकायहरु, यातायात व्यवस्था विभाग लगायतले, यस विषयमा छानबिन गरि दोषी कम्पनीलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend