१९ साउन, काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले पार्क परिसरमा करिब २०० वटा फलफूलका विरुवा रोपेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता पुनः स्पष्ट पारेको हो। रोपिएका विरुवाहरूमा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटरलगायतका प्रजाति समावेश छन्।
कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले बिरुवा रोपेर गरेका थिए। उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम राख्न एनएमबि बैंकले सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइ अभियान चलाइरहेको जानकारी दिए। उनले भने, “एनएमबि बैंकको सम्पूर्ण बैंकिङ कारोबार तथा कर्जा लगानीहरू हरित अर्थतन्त्र– ‘ग्रिनोमिक्स’ –लाई आत्मसात् गर्दै अघि बढिरहेको छ।”
उनका अनुसार बैंकले वातावरणमैत्री, दिगो र समावेशी विकासलाई आफ्नो प्राथमिकतामा राखेर कार्य गरिरहेको छ। स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूल कार्यनीति, तथा पारिस्थितिकीय सन्तुलन कायम राख्न बैंकले दीर्घकालीन सोचका साथ काम गरिरहेको उनले उल्लेख गरे।
तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकप्रति आभार प्रकट गर्दै तिलोत्तमा पार्कलाई बृक्षारोपणका लागि छनोट गरेकोमा धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर भइरहुन भन्ने अपेक्षा व्यक्त गरे। पार्क व्यवस्थापन समितिका अध्यक्ष दीपक पाठकले तिलोत्तमा पार्कलाई स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने अभियानमा आफूहरू सक्रिय रहेको जानकारी दिए।
देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरिरहेको एनएमबि बैंकले आफ्नो व्यवसायिक कार्यसङ्गसँगै सामाजिक उत्तरदायित्वप्रति गम्भीर रूपमा प्रतिबद्ध रहँदै आएको देखिन्छ। बृक्षारोपणजस्ता प्रयासमार्फत एनएमबि बैंकले हरित नेपालको परिकल्पनालाई मूर्तरूप दिन सघाउँदै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend