सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘खुल्ला आँगन’ मा जनतासंग रास्वपाको अन्तरक्रिया

‘खुल्ला आँगन’ मा जनतासंग रास्वपाको अन्तरक्रिया

१७ साउन ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाज र जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न ‘खुल्ला आँगन’ कार्यक्रमको थालनी गरेको छ । पार्टी कार्यालयको प्रांगणमा शुक्रबार ( १६ साउन )  खुल्ला आँगनको पहिलो संस्करण आयोजना गरियो ।रास्वपाको यो कार्यक्रम हरेक शुक्रबार अपरान्ह ४ बजेदेखि ६ः३० बजेसम्म चल्नेछ।

खुल्ला आँगनमा  सहभागीहरुले मनमा लागेका जुनसुकै जिज्ञासा रास्वपाका केन्द्रीय नेताहरुसँग राख्नुका साथै आफ्ना विचार वा सुझावहरु पनि प्रस्तुत गर्न सक्नेछन् । रास्वपाले भनेको छ, ‘यो मञ्च सबैका लागि खुल्ला, सम्मानजनक र संवादशील हुनेछ । हामी देश बदल्न चाहने हरेक नागरिकलाई विचार, सुझाव, जिज्ञासा वा आलोचनासहित सक्रिय सहभागीताका लागि हार्दिक आमन्त्रण गर्छौं ।’

 पहिलो संस्करणमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लीमा अधिकारीसहित ५–६ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । महामन्त्री बुर्लाकोटीले कार्यक्रमको प्रकृति र उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले भने, ‘जनतालाई सिधै पार्टीसँग जोड्ने प्लेटफर्मको रुपमा यो अवधारणा ल्याइएको हो । यसबाट सञ्चारकर्मी साथीहरु पनि लाभान्वित हुन सक्नुहुनेछ । साथै, पार्टीका शुभचिन्तक र सदस्यहरुले आफ्ना सल्लाह, सुझाव दिने र आलोचनासमेत गर्ने अवसर प्रदान गरिएको छ ।’  आगामी दिनमा अझै बढी सहभागितासहित कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend