सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सवारीचालक अनुमतिपत्र अब १० वर्षका लागि वैध, नयाँ व्यवस्था लागू

सवारीचालक अनुमतिपत्र अब १० वर्षका लागि वैध, नयाँ व्यवस्था लागू

१७ साउन,काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अबदेखि १० वर्षका लागि वैध हुने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाइएको हो । यसअघि लागू प्रावधानअनुसार चालकले हरेक ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने बाध्यता थियो ।

संशोधित ऐन राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ । ऐनको दफा ५४ को उपदफा ३ मा अब चालक अनुमतिपत्र १० वर्षका लागि वैध हुने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

नयाँ कानुनी व्यवस्थाले लाइसेन्स नविकरणको झन्झट कम हुने विश्वास गरिएको छ । यससँगै, प्रदूषण परीक्षण र सवारी जाँचपास केन्द्रको सञ्चालनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने व्यवस्था नयाँ ऐनमा गरिएको छ । यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend