बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

टान निर्वाचन २०८१: राजेन्द्र सापकोटा समुहको चुनावी प्रतिबद्धता सार्वजनिक

टान निर्वाचन २०८१: राजेन्द्र सापकोटा समुहको चुनावी प्रतिबद्धता सार्वजनिक

१५ भदौ ,काठमाडौं ।  ट्रेकिङ एजेन्ट्स एसोसियसन नेपाल (टान)को आसन्न निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशील व्यवसायीहरुको प्यानलले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यही भदौ १७ गते सोमवार हुने निर्वाचनका लागि सापकोटा नेतृत्वको प्यानलको अन्तिम चुनावी छलफल तथा प्रतिबद्धतासहित उम्मेदवार परिचयको विशेष  कार्यक्रम आज साँझ आयोजना गरिएको छ । निर्वाचन प्रचार प्रसारका लागि शनिवार रातिसम्मको समय दिइएको छ ।

यसपटक राजेन्द्र प्रसाद सापकोटा अध्यक्ष रहेको प्यानलमा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ,एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठन,शेर्पा पर्यटन व्यवसायी संघलगायत अग्रज र युवा व्यवसायीहरुको समर्थन र सहभागिता रहेको छ । त्यससँगै ,सापकोटाको प्यानललाई नेपाल कोरिया ट्रेकिङ टुर एशोसियसन कोटानलगायतका संस्थाले समेत समर्थन जनाएको व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।

सापकोटा समुहको बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद लम्साल,द्धितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र प्रसाद सुवेदी उम्मेदवार रहेको प्रचार प्रचार समितिले जनाएको छ ।

त्यस्तै ,  सचिवका उम्मेदवारमा  रिन्जी जाङ्बु शेर्पा,कोषाध्यक्ष गौतमराज वाग्ले,सहकोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा उम्मेदवार छन्।  सदस्यहरुमा पवित्रा तामाङ,सागर राई,सुमन अर्याल,विश्व दाहाल,निदेश तिम्सिना,राजु गुरुङ,छप्टा लामा,भुवनवहादुर खड्का र दावा ग्याल्त्सेन लामा उम्मेदवार छन् ।

टान निर्वाचनमा अध्यक्षका उम्मेदवार सापकोटालाई यसपटक कांग्रेस र एमालेका पर्यटन व्यवसायी संगठनको संस्थागत समर्थनका साथै शेर्पा पर्यटन व्यवसायीहरुको बलियो साथ रहेको पूर्व महासचिव आङ पेम्बा शेर्पाले बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटालाई सागर पाण्डेले चुनौति दिएका छन् । माओवादी आबद्ध पाण्डेलाई कांग्रेसको एउटा असन्तुष्ट समूहले पनि साथ दिएको छ । तर पर्यटन क्षेत्रको ठूलो हिस्सा भने सापकोटा प्यानलको पक्षमा उभिएको छ ।

सापकोटा आफैं पनि पर्यटन मजदूरबाट आएकाले यस क्षेत्रका व्यवसायी तथा श्रमिकको हित रक्षा,नयाँ पदमार्ग पहिचान तथा पूरानाको विकास विस्तारलगायतका दीर्घकालीन र तत्कालीन योजनाहरु अघि सारेका छन् । दुई वर्षका लागि हुने नेतृत्व निर्वाचनमा यसपटक १३ सय ९७ मतदाताले मतदान गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend