बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

टुरिष्ट बस एसोसिएसनमा भिष्म न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टुरिष्ट बस एसोसिएसनमा भिष्म न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

१३ भदौ , काठमाडौं । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्षमा भिष्म प्रसाद न्यौपाने निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न १३औं वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो।

एसोसिएसनको नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक भट्टराई , द्वितीय उपाध्यक्षमा अशोक अर्याल , महासचिवमा प्रकाश चन्द्र अधिकारी , कोषाध्यक्षमा चिरञ्जीवी गिरी रहेका छन् । त्यस्तै , कार्यसमिति सदस्यमा रमेश पौडेल र सुजन दाहाल रहेका छन् ।

अधिवेशनको समुद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन कुमार आचार्यले गरेका थिए। कार्यक्रममा आचार्यले पर्यटन बसपार्क बनाउनेतर्फ विगतमा विभिन्न प्रयास भएपनि मुर्तरुप लिन नसक्नु दुखद कुरा भएको बताए। उनले गतवर्ष पर्यटन बोर्डले उक्त कामको लागि २ करोड बजेट  छुट्टाए पनि जग्गा प्राप्त हुन नसकेको कारण काम हुन नसकेको बताए ।

कार्यकारी सदस्य आचार्यले पर्यटन सेवा देशको छवि सङ्ग पनि जोडिएको विषय भएको हुँदा सबै संवेदनशील हुनु आवश्यक रहेको र एसोसिएसनले गुणस्तर र प्रविधि मैत्री सेवा प्रदान गर्न भुमिका खेल्नुपर्नेमा जोड दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend