सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

१३ भदौ, काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । भदौ ९ गतेमा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९/०९/१४ मा दर्ता भइ मिति २०८०/०५/०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend