सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नाडा अटो शो भृकुटीमण्डपमा आजबाट सुरु

नाडा अटो शो भृकुटीमण्डपमा आजबाट सुरु

११ भदौ, काठमाडौं ।काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यस वर्षको नाडा अटो शो आजबाट सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेला हो । यसको आज मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नु भयो ।

आयोजकका अनुसार मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्। नाडा अटो शो अगस्ट २७ (आज) देखि सेप्टेम्बर १ सम्मआयोजना हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend