बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सय जनाभन्दा कम कामदार पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणको आव्हान

सय जनाभन्दा कम कामदार पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणको आव्हान

११ भदौ , काठमाडौं । वैदेशिक रोजगार विभागले अघिल्लो आर्थिक वर्षमा  सय जनाभन्दा कम कामदार पठाउने म्यानपावरको पनि इजाजतपत्र नवीकरणका लागि आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै नेपाल राजपत्रको खण्ड ७४ अतिरिक्तांक २३ मा साउन ३१ गते सूचना प्रकाशित भएको भन्दै अघिल्लो वर्ष सयभन्दा कम कामदार पठाएका म्यानपावरलाई आर्थिक वर्ष २०८१/८२ का लागि विलम्ब दस्तुरसहित नवीकरणका लागि निवेदन दिन आह्वान गरेको हो ।

साउन ३१ गतेको मन्त्रिपरिषदको बैठकले वार्षिक सय जना कामदार पठाउन नसक्ने म्यानपावरको इजाजतपत्र एक पटकको लागि नवीकरण गरिदिने निर्णय गरेसंगै विभागले नवीकरणको लागि आह्वान गरेको हो ।

विभागले जारी गरेको सूचनामा यसअघि नै नवीकरणका लागि निवेदन दिएका म्यानपावर कम्पनीले नवीकरणका लागि पुनः निवेदन दिनु नपर्ने उल्लेख छ । विभागले इजाजतपत्र नवीकरण भने अनुगमनपछि मात्रै गरिने बताएको छ ।

प्रत्येक वर्ष एक सय जनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको इजाजतपत्र नवीकरण नहुने कानुनी व्यवस्था छ।  प्रत्येक वर्ष एकसय जनालाई बैदेशिक रोजगारीमा पठाउनुपर्ने कानुनी  प्रावधान कारण तीन सय १७ म्यानपावरको इजाजतपत्र नवीकरण भएर काम गर्नबाट बन्चित भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend